चैत्र १३, २०८२ शुक्रबार | ०१:११:०७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा

काठमाडौं । साबिक विजेता सैनिक आवसीय महाविद्यालयले जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार सम्पन्न क्वार्टरफाइनलमा सैनिकले ग्यालेक्सी पब्लिक स्कुलविरुद्ध २६ रनको जित निकाल्यो ।

सैनिकले प्रस्तुत गरेको १३३ रनको लक्ष्य ग्यालेक्सीले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो ।

ग्यालेक्सीका लागि कप्तान स्विकृत रिजालले ३२, खुशबेन्द्र साहले २५ र स्माइल लिन्खले १० रन बनाए ।

सैनिकका लागि उत्सव नेपालले तीन, अमन मिश्र र आभाश केसीले समान दुई तथा सफल पौडेल र शुभ विष्टले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सैनिकले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३२ रनको योगफल तयार पारेको थियो ।

सैनिकका लागि रिशु साहले ३२, मृदंग घिमिरेले २४, कप्तान राजदीपले १८ तथा उत्सव नेपाल र सुशान्त नेपालले समान १३ रन बनाए ।

ग्यालेक्सीका लागि वैभवनारायण शाह र खुशबेन्द्र साहले समान दुई तथा मिग्मा तामाङ र स्विकृत रिजालले समान एक विकेट लिए ।

यसैगरी शनिबारै सम्पन्न क्वार्टरफाइनलमा मोक्क्षदा स्कुलले नेपाल पुलिस स्कुललाई चार विकेट, गेटवे एकेडेमीले अपी स्कुललाई ३४ रन तथा डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ ले एन्जल हार्ट नेसनल स्कुललाई ५१ रनले निरास बनाउँदै अन्तिम चारको यात्रा तय गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो