पुस २७, २०८२ सोमबार | १०:०९:००
श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज

सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा

काठमाडौं । साबिक विजेता सैनिक आवसीय महाविद्यालयले जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा शनिबार सम्पन्न क्वार्टरफाइनलमा सैनिकले ग्यालेक्सी पब्लिक स्कुलविरुद्ध २६ रनको जित निकाल्यो ।

सैनिकले प्रस्तुत गरेको १३३ रनको लक्ष्य ग्यालेक्सीले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो ।

ग्यालेक्सीका लागि कप्तान स्विकृत रिजालले ३२, खुशबेन्द्र साहले २५ र स्माइल लिन्खले १० रन बनाए ।

सैनिकका लागि उत्सव नेपालले तीन, अमन मिश्र र आभाश केसीले समान दुई तथा सफल पौडेल र शुभ विष्टले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सैनिकले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३२ रनको योगफल तयार पारेको थियो ।

सैनिकका लागि रिशु साहले ३२, मृदंग घिमिरेले २४, कप्तान राजदीपले १८ तथा उत्सव नेपाल र सुशान्त नेपालले समान १३ रन बनाए ।

ग्यालेक्सीका लागि वैभवनारायण शाह र खुशबेन्द्र साहले समान दुई तथा मिग्मा तामाङ र स्विकृत रिजालले समान एक विकेट लिए ।

यसैगरी शनिबारै सम्पन्न क्वार्टरफाइनलमा मोक्क्षदा स्कुलले नेपाल पुलिस स्कुललाई चार विकेट, गेटवे एकेडेमीले अपी स्कुललाई ३४ रन तथा डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ ले एन्जल हार्ट नेसनल स्कुललाई ५१ रनले निरास बनाउँदै अन्तिम चारको यात्रा तय गरे । 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||