ह्याण्डबल

पुरुषतर्फ गण्डकीको तेस्रो जित

पोखरा । नवौं राष्ट्रिय खेलकुद  अन्तर्गत पुरुष ह्याण्डबल खेलमा गण्डकीले तेस्रो जित निकालेको छ।

प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज (बुधबार) भएको खेलमा गण्डकीले बागमतीलाई ३२-१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।

लगातार ३ खेल जितेको गण्डकीले योसँगै ९ अंक बटुलेको छ । गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा बागमतीले पनि बुधबार जित निकालेको छ। जितसँगै बागमतीले महत्वपूर्ण ३ अंक बटुलेको छ । मधेसकी सुजाता सिंहले सर्वाधिक ४ गोल गरिन् ।