माघ १७, २०८२ शनिबार | १९:५७:१६
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

अध्यक्ष नेम्वाङको उम्मेदवारीविरुद्धको उजुरीमा एएफसीले लेख्यो जवाफ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले एसियाली फुटबल महासंघ (एएफसी)को कार्यसमिति सदस्य पदमा दिएको उम्मेदवारीविरुद्ध तीन उपाध्यक्षसहित १४ जनाले गरेको उजुरीमा एएफसीले सुनुवाई गरेको छ ।

एन्फाका तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडासहित १२ जनाले नेम्वाङको उम्मेदवारी खारेज गर्दै उपाध्यक्ष खतिवडाको नाममा उम्मेदवारी दर्ता गराउन एएफसीलाई पाँच दिनअघि पत्राचार गरेका थिए ।

त्यस विषयमा एएफसीको निर्वाचन कमिटीका सचिव एन्ड्रयु मेर्करले मंगलबार एन्फा उपाध्यक्ष शाहीलाई पत्र पठाउँदै उजुरीमाथि आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

मेर्करले शाहीलाई पठाएको पत्रमा ‘एएफसीको निर्वाचन कमिटीले नेम्वाङको उम्मेदवारीमाथि समिक्षा गर्दै प्रतिक्रिया जनाउनका लागि’ एन्फालाई पत्राचार गरिसकेको उल्लेख छ । उनले आगामी फेब्रुअरी एक र दुईमा बहराइनको मानामामा हुने एएफसीको ३३औं चुनावी साधारणसभामा उम्मेदवारी दिने व्यवस्थाबारे अगस्ट १५ मै सबै सदस्य संघलाई जानकारी गराइसकिएको उल्लेख गरेका छन् ।

उनले चुनावभन्दा चार महिना अगावै इच्छुकले आफ्नो देशको फुटबल संघमार्फत एएफसी महासचिवलाई उम्मेदवारी पठाइसक्नुपर्ने प्रावधान पनि पत्रमार्फत स्मरण गराएका छन् । जसअनुसार खतिवडाको उम्मेदवारी नहुने सम्भावना बलियो छ ।

एन्फामा एएफसीबाट आएको पत्रबारे बुझ्न सम्पर्क गर्न खोज्दा एन्फाका पदाधिकारीहरु उपलब्ध भएनन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।