चैत्र १०, २०८२ मंगलबार | ०४:२१:०२
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

अध्यक्ष नेम्वाङको उम्मेदवारीविरुद्धको उजुरीमा एएफसीले लेख्यो जवाफ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले एसियाली फुटबल महासंघ (एएफसी)को कार्यसमिति सदस्य पदमा दिएको उम्मेदवारीविरुद्ध तीन उपाध्यक्षसहित १४ जनाले गरेको उजुरीमा एएफसीले सुनुवाई गरेको छ ।

एन्फाका तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडासहित १२ जनाले नेम्वाङको उम्मेदवारी खारेज गर्दै उपाध्यक्ष खतिवडाको नाममा उम्मेदवारी दर्ता गराउन एएफसीलाई पाँच दिनअघि पत्राचार गरेका थिए ।

त्यस विषयमा एएफसीको निर्वाचन कमिटीका सचिव एन्ड्रयु मेर्करले मंगलबार एन्फा उपाध्यक्ष शाहीलाई पत्र पठाउँदै उजुरीमाथि आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

मेर्करले शाहीलाई पठाएको पत्रमा ‘एएफसीको निर्वाचन कमिटीले नेम्वाङको उम्मेदवारीमाथि समिक्षा गर्दै प्रतिक्रिया जनाउनका लागि’ एन्फालाई पत्राचार गरिसकेको उल्लेख छ । उनले आगामी फेब्रुअरी एक र दुईमा बहराइनको मानामामा हुने एएफसीको ३३औं चुनावी साधारणसभामा उम्मेदवारी दिने व्यवस्थाबारे अगस्ट १५ मै सबै सदस्य संघलाई जानकारी गराइसकिएको उल्लेख गरेका छन् ।

उनले चुनावभन्दा चार महिना अगावै इच्छुकले आफ्नो देशको फुटबल संघमार्फत एएफसी महासचिवलाई उम्मेदवारी पठाइसक्नुपर्ने प्रावधान पनि पत्रमार्फत स्मरण गराएका छन् । जसअनुसार खतिवडाको उम्मेदवारी नहुने सम्भावना बलियो छ ।

एन्फामा एएफसीबाट आएको पत्रबारे बुझ्न सम्पर्क गर्न खोज्दा एन्फाका पदाधिकारीहरु उपलब्ध भएनन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो