फेन्सिङ

बाग्मतीलाई फेन्सिङमा तेस्रो स्वर्ण

पोखरा । बाग्मती प्रदेशले नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा सिनियर टिम पुरुष फोइलतर्फको स्वर्ण पदक जितेको छ । यससँगै फेन्सिङका १२ मध्ये सात स्वर्ण पदकको छिनोफानो भएको छ ।

पोखरा रंगशालास्थित ब्याड्मिन्टन हलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४५–३५ को अन्तरमा पराजित गर्दै बाग्मतीले टिम इपीको स्वर्ण पदक जितेको हो ।

आर्मीले रजत पदक जित्दा सुदूरपश्चिमाञ्चल र प्रदेश एकको टोलीले संयुक्त रुपमा कांस्य पदक जिते ।

सेमिफाइनलमा आर्मीले सुदूरपश्चिमलाई ४–१ तथा बाग्मतीले प्रदेश एकलाई ३–२ को नतिजामा हराउँदै फाइनलको यात्रा पक्का गरेका थिए ।  सुदूरपश्चिमले क्वार्टरफाइनलमा बाई पाएर सोझै सेमिफाइनल खेलेको थियो ।

फेन्सिङ प्रतियोगिताको दोस्रो दिन मंगलबार पुरुष सेबरमा एपिएफका राजेन्द्र गजुरेल, महिला फोइलमा आर्मीकी रमा सिंह र पुरुष इपीमा बाग्मतीका ओमकार सिंहले स्वर्ण पदक जितेका थिए ।  

पहिलो दिन सोमबार बाग्मतीकी शिक्षा नापित, नेपाली सेनाकी इन्दिरा पौडेल र सुदूरपश्चिमका जलिन्द्र शाहीले स्वर्ण पदक जितेका थिए ।

अहिलेसम्म फेन्सिङबाट बाग्मतीले सर्वाधिक तीन स्वर्ण पदक जित्दा आर्मीले दुई तथा एपिएफ र सुदूर पश्चिमले एक÷एक स्वर्ण पदक जितेका छन् ।