चैत्र १३, २०८२ शुक्रबार | ०४:१७:३१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

महिला टिम इपीमा आर्मीलाई स्वर्ण

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा तेस्रो स्वर्ण पदक जितेको छ ।

अघिल्ला दुई दिनमा दुई स्वर्ण पदक जितेको आर्मीका लागि बुधबार महिला टिम इपीमा पुजना कुमाल, सिता पाठक, इन्दिरा पौडेल र मनिषा रायामाझीको टोलीले अर्को विभागीय टोली एपिएफलाई निराश पार्दै स्वर्ण पदक जिते । यससँगै फेन्सिङका कुल १२ मध्ये आठ स्वर्ण पदकको छिनोफानो भएको छ ।

एपिएफका सुदिना धिमाल, अनिता कार्की, शारदा मल्ल र जानुका स्याङतानको टिमले रजत पदक जित्दा सुदूरपश्चिम र प्रदेश एकले कांस्य पदकमा चित्त बुझाए ।

बुधबारै यसअघि पोखरा रंगशालास्थित ब्याड्मिन्टन हलमा सम्पन्न फाइनलमा आर्मीलाई पराजित गर्दै बाग्मतीले पुरुष टिम फोयलको स्वर्ण पदक जितेको थियो ।

आर्मीले रजत पदक जित्दा सुदूरपश्चिमाञ्चल र प्रदेश एकको टोलीले संयुक्त रुपमा कांस्य पदक जिते ।

फेन्सिङ प्रतियोगिताको दोस्रो दिन मंगलबार पुरुष सेबरमा एपिएफका राजेन्द्र गजुरेल, महिला फोइलमा आर्मीकी रमा सिंह र पुरुष इपीमा बाग्मतीका ओमकार सिंहले स्वर्ण पदक जितेका थिए ।  

पहिलो दिन सोमबार बाग्मतीकी शिक्षा नापित, नेपाली सेनाकी इन्दिरा पौडेल र सुदूरपश्चिमका जलिन्द्र शाहीले स्वर्ण पदक जितेका थिए ।

अहिलेसम्म फेन्सिङबाट बाग्मती र आर्मीले सर्वाधिक तीन स्वर्ण पदक जित्दा एपिएफ र सुदूरपश्चिमले एक/एक स्वर्ण पदक जितेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो