माघ १५, २०८२ बिहीबार | २०:१५:०८
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

महिला टिम इपीमा आर्मीलाई स्वर्ण

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा तेस्रो स्वर्ण पदक जितेको छ ।

अघिल्ला दुई दिनमा दुई स्वर्ण पदक जितेको आर्मीका लागि बुधबार महिला टिम इपीमा पुजना कुमाल, सिता पाठक, इन्दिरा पौडेल र मनिषा रायामाझीको टोलीले अर्को विभागीय टोली एपिएफलाई निराश पार्दै स्वर्ण पदक जिते । यससँगै फेन्सिङका कुल १२ मध्ये आठ स्वर्ण पदकको छिनोफानो भएको छ ।

एपिएफका सुदिना धिमाल, अनिता कार्की, शारदा मल्ल र जानुका स्याङतानको टिमले रजत पदक जित्दा सुदूरपश्चिम र प्रदेश एकले कांस्य पदकमा चित्त बुझाए ।

बुधबारै यसअघि पोखरा रंगशालास्थित ब्याड्मिन्टन हलमा सम्पन्न फाइनलमा आर्मीलाई पराजित गर्दै बाग्मतीले पुरुष टिम फोयलको स्वर्ण पदक जितेको थियो ।

आर्मीले रजत पदक जित्दा सुदूरपश्चिमाञ्चल र प्रदेश एकको टोलीले संयुक्त रुपमा कांस्य पदक जिते ।

फेन्सिङ प्रतियोगिताको दोस्रो दिन मंगलबार पुरुष सेबरमा एपिएफका राजेन्द्र गजुरेल, महिला फोइलमा आर्मीकी रमा सिंह र पुरुष इपीमा बाग्मतीका ओमकार सिंहले स्वर्ण पदक जितेका थिए ।  

पहिलो दिन सोमबार बाग्मतीकी शिक्षा नापित, नेपाली सेनाकी इन्दिरा पौडेल र सुदूरपश्चिमका जलिन्द्र शाहीले स्वर्ण पदक जितेका थिए ।

अहिलेसम्म फेन्सिङबाट बाग्मती र आर्मीले सर्वाधिक तीन स्वर्ण पदक जित्दा एपिएफ र सुदूरपश्चिमले एक/एक स्वर्ण पदक जितेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।