ह्यान्डबल

ह्याण्डबलः कर्णाली, प्रदेश १ र गण्डकी विजयी

तस्बिरः केशव कटुवाल/खेलाडी

पोखरा  । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा कर्णालीले जित दर्ता गरेको छ । समूह ‘बी’ मा रहेको कर्णालीले आफ्नो दोस्रो खेलमा जित दर्ता गरेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा कर्णालीले मधेशमाथि ११–७ ले जित निकालेको हो । कर्णालीकी अञ्जली शाही र संगीता सिंहले सर्वाधिक समान ५/५ स्कोर गरे ।

जितसँगै कर्णालीले महत्वपूर्ण ३ अंक बटुलेको छ ।मधेश प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित बनेको छ । मधेशले पहिलो खेलमा विभागीय नेपाल आर्मीसँग २–४६ ले हार व्यहोरेको थियो । कर्णालीले पहिलो खेलमा प्रदेश–१ संग ४–२६ ले हार व्यहोरेको थियो ।

प्रदेश–१ विजयी

प्रदेश–१ ले लगातार दोस्रो जित निकालेको छ । आफ्नो दोस्रो खेलमा समूह ‘बी’ को प्रदेश–१ ले बागमती प्रदेशलाई २४–८ ले पराजित गरेको हो ।. पहिलो खेलमा सोमबार कर्णालीविरुद्ध २६–४ ले जित निकालेको प्रदेश–१ ले अपराजित रहँदै ६ अंक जोडेको छ ।प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गरिन् ।

गण्डकीको दोस्रो जित

गण्डकीले लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिममाथि २७–४ को जित निकाल्दै ६ अंक जोडेको छ । आइतबारको आफ्नो पहिलो खेलमा गण्डकीले कर्णालीलाई ५८–२० को फराकिलो अन्तरले जितेको थियो । गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन् ।