डेंगु

फेन्सिङ खेलाडी शाश्वतलाई डेंगु

तस्बिरः केशव कटुवाल/खेलाडी

पोखरा । बाग्मती प्रदेशका फेन्सिङ खेलाडी शाश्वत परियारलाई डेंगु संक्रमण भएको छ ।

परियारलाई आज आफ्नो दोस्रो बाउट खेल्ने क्रममा स्वास्थ अवस्था अचानक समस्या आए पछि खेल बीचमै छोड्नु परेको थियो । परियारले आफ्नो पहिलो बाउटमा जित दर्ता गरेपनि अचानक समस्या देखा परेपछी उनिलाई फेन्सिङ सघले उपचारका लागि अस्पताल पुराएको थियो । डेगु जाँच गर्दा परियारलाई डेगु संक्रमण पुष्टि भएको थियो ।

बाग्मती प्रदेशका फेन्सर परियारको स्वास्थमा सुधार आएपछि हाल उनको पारिवारका सदस्यले अस्पताल बाट डिस्चार्ज गरिसकेका छन् । उनलाई आरामको आवश्यक पर्ने हुनाले भोलि बिहान फ्लाइटमार्फ काठमाडौं घर फर्काउने फेन्सिङ सघका महसचिव सुजनलाल श्रेष्ठले बताए ।