महिला क्रिकेट

सुदूरपश्चिम विजयी

पोखरा । रितु कनोजियाको २२ रनप्रेरित सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ५९ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १०.२ ओभरमा चार विकेट गुमाएर ६० रनको लक्ष्य पूरा गर्यो । सुदूरपश्चिमका लागि रितुले २२ तथा स्नेह महराले २१ रनको योगदान गरे । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ गण्डकीका लागि शीला क्षेत्रीले दुई तथा शृष्टि जैसीले एक विकेट लिए ।

पहिलो इनिङमा गण्डकीका लागि सृष्टिले २८ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । बलिङतर्फ सुदूरपश्चिमका लागि रितु कनोजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामीले एक–एक विकेट लिएका थिए ।

मंगलबार नै भएको समूह ‘ए’को पहिलो खेलमा एपिएफले बागमतीलाई ६ विकेटले पराजित गरेको थियो ।