ह्यान्डबल

जर्सीको रङ जुधेपछि बिब लगाएर खेल्दै ह्यान्डबलका खेलाडी

तस्बिरः केशव कटुवाल/खेलाडी

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ह्यान्डबलमा मंगलबार अर्को तमासा देखिएको छ । पोखरास्थित बहुउद्देशीय हलमा जारी गण्डकी प्रदेशविरुद्धको खेलमा सुदूरपश्चिम प्रदेशका खेलाडी बिब लगाएर कोटर्मा उत्रिएका हुन् ।

तस्बिरः केशव कटुवाल/खेलाडी

खेल सुरु हुन केही मिनेट मात्रै बाँकी रहँदा आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जर्सी उपलब्ध गराएको थियो । तर, दुवै टिमको जर्सी उस्तै भएपछि सुदूरपश्चिमका खेलाडी बिब लगाउन बाध्य भएका हुन् ।

तस्बिरः केशव कटुवाल/खेलाडी

समयमा आयोजकले जर्सी उपलब्ध नगराइदिँदा कोर्टमा यो समस्या देखिएको थियो । यस्तै विद्युत पटक–पटक आउने–जाने भइरहँदा खेल स्वस्फूृर्त रुपमा हुन सकेको छैन ।

तस्बिरः केशव कटुवाल/खेलाडी

सोमबार पनि अन्तिम समयमा मात्र त्यो पनि नम्बर प्रिन्ट नभएको जर्सी उपलब्ध हुँदा मधेश प्रदेशका खेलाडी हस्तलिखित नम्बरको जर्सी लगाएर खेलेका थिए । नेपाली खेलकुदको कुम्भ भेला भनिएको राष्ट्रिय खेलकुदको फेन्सिङ भइरहेको स्थानमा ब्याडमिन्टनको बोर्डले गिज्याइरहेको थियो ।

तस्बिरः केशव कटुवाल/खेलाडी

यत्तिकैमा पहिलो दिनको खेल भएको थियो भने मंगलबार सेतो पर्दाले ब्याडमिन्टनको ब्यानर ढाकिएको छ ।