सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमलाई ६० रनको लक्ष्य

तस्बिरः केशव कटुवाल/खेलाडी

पोखरा । कप्तान सृष्टि जैसीको २८ रनप्रेरित गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई ६० रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ५९ रनको योगफल तयार गर्यो ।

गण्डकीका लागि सृष्टिले २८ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका लागि रितु कनोजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामीले एक–एक विकेट लिए ।

मंगलबार नै भएको समूह ‘ए’को पहिलो खेलमा एपिएफले बागमतीलाई ६ विकेटले पराजित गरेको थियो ।