हाफ म्याराथन

ब्लु ड्रागन हाफ म्याराथन सम्पन्न

काठमाडौं । गरिबीका कारण विद्यालय छाड्नुपरेको तथा सडक बालबालिकाको सहयोगका लागि अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी इन्ट्रापेड नेपालले आयोजना गरेको ‘ब्लु डायमण्ड हाफ म्याराथन’ आइतबार सम्पन्न भएको छ ।

च्यारिटी म्याराथनका रूपमा रहेको यस प्रतियोगितामा इन्ट्रापेड नेपालका कर्मचारी तथा इन्ट्रापेडसँग सहकार्य गरेका संघ संस्थाका प्रतिनिधिहरूले म्याराथनमा भाग लिएका थिए । आइतबार बिहान ६ः३० बजे सुरु भएको ‘ब्लु ड्रागन म्याराथन’ इन्ट्रापेड नेपालको कार्यालय लाजिम्पाटबाट सुरु भएर महाराजगन्ज चोक, सामाखुसी चोक हुँदै ग्रिनल्यान्ड, टोखा, बूढानीलकण्ठ, हात्तीगौँडा, गोल्फुटार, महाराजगन्ज हुँदै पुनः लाजिम्पाट आएर सकिएको थियो ।

२१ किलोमिटरको ‘ब्लु ड्रागन च्यारिटी म्याराथन’मा २० जनाले दौडिएका थिए । त्यसमध्ये १२ जनाले मात्र दौड पूरा गरेका थिए । यस म्याराथनबाट जम्मा भएको रकम इन्ट्रापेडले भियतनामका बालबालिकालाई सहयोग गर्नेछ । इन्ट्रापेडले उक्त रकम भियतनामका रहेको ब्लु ड्रागन चिल्ड्रेन फाउन्डेसनमार्फत बालबालिकासम्म पु¥याउनेछ । इन्ट्रापेड नेपालले एक लाख ५० हजार रकम जम्मा गरेको छ । उक्त रकममा अष्ट्रेलियामा रहेको इन्ट्रापेड मुख्यालयले त्यति नै रकम थप गरेर भियतनाम पठाउनेछ ।  

इन्ट्रापेड नेपालको एकमात्र ‘बीकर्प सर्टिफाइड’ ट्राभल कम्पनी हो । अष्ट्रेलियामा मुख्यालय रहेको इन्ट्रापेड ट्राभलको नेपाल, भुटान, सिंगापुर, अमेरिका, भियतनामलगायत थुप्रै देशमा कार्यालय छ । इन्ट्रापेडले आफ्नो कार्यालय रहेका सबै देशमा यस प्रतियोगिताको आयोजना गरेको छ ।