च्याम्पियन्स लिग

स्टोन्सले एफसी कोपनहेगनविरुद्धको खेल गुमाउने

लन्डन । म्यानचेस्टर सिटीका जोन स्टोन्सले मंगलबार च्याम्पियन्स लिगअन्तर्गत एफसी कोपनहेगनविरुद्धको दोस्रो लेग गुमाउने भएका छन् । 

यसै महिनाको सरुआतमा सम्पन्न पहिलो लेगमा भने सिटीले कोपनहेगनलाई ५–० ले पराजित गरेको थियो । कोपनहेनगको भ्रमण्मा जित निकालेमा सिटी समूह जी बाट अन्तिम १६ का लागि छनोट हुनेछ । 

गत महिना युइएफए नेसन्स लिगका लागि इङल्यान्ड राष्ट्रिय टोलीमा रहँदा स्टोन्स ह्यामस्ट्रिङको समस्याका कारण बाहिरिएका थिए । उनी हाल सम्म प्रशिक्षणमा फर्किएका छैनन । 

चोटकै कारण रक्षक काइल वाल्कर र मिडफिल्डर केल्भिन फिलिप्स पनि मैदान बाहिर रहेनेछन्।

समूह ‘जी’मा तीन खेलको समाप्तीमा सिटी नौ अंकसहित शीर्ष स्थानमा छ । सिटीले यस सिजन च्याम्पियन्स लिगका तीन खेलमा ११ गोल गरेको छ भने एक गोल खाएको छ ।

११ मध्ये एर्लिङ हाल्यान्डले पाँच गोल गरेका छन् । समग्रमा भने हाल्यान्डले सिटीबाट १३ खेलमा २० गोल गरिसकेका छन् ।

तीन खेलको समाप्तीमा एक अंक मात्र जोडेको कोपनहेगन समूह जी को चौथो स्थानमा छ ।