ह्यान्डबल

पुरुष ह्याण्डबलमा बागमतीको पहिलो जित

तस्बिरः केशव कटुवाल/खेलाडी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको हो ।

बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे । पहिलो खेलमा विभागीय आर्मीसँग ८–४३ ले हार व्यहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ । लगातार दोस्रो खेल हारेको मधेश भने अंकविहीन छ। मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो ।