ह्यान्डबल

ह्यान्डबल: गण्डकी र आर्मीको विजयी सुरुआत

पोखरा । आयोजक गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ह्यान्डबलतर्फ समूह ‘ए’ मा विजयी सुरुआत गरेका छन् । सोमबारबाट सुरु भएको पहिलो खेलमा गण्डकीले मधेस प्रदेशलाई ६६–१३ ले पराजित गर्यो ।

पोखरास्थित बहुउद्धेशीय कभर्डहलमा भएको उद्घाटन खेलमा गण्डकीलाई जित दिलाउन  चन्द्र केसीले १० गोल गरे । मघेस प्रदशेका अम्बर चौधरी थारुले ५ गोल गरेपनि हार टार्न सकेन ।

दोस्रो खेलमा आर्मीले बागमती प्रदेशलाई ४३–८ ले पराजित गर्यो । आर्मीको जितमा आकाश अधिकारीले ८ गोल गर्दा बागमती प्रदेशका महेश पूरीले ४ गोल गरे । जितपछि समूह ए बाट आर्मी र बागमतीले समान दुई दुई अंक जोडेका छन् ।

महिलातर्फको खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई २६–४ अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । प्रदेश एकको जितमा उशल राईले ३ गोल गरिन् । कर्णालीको लागि संगिता सिंहले दुई गोल गरेकी थिइन् । जितसँगै समूह ‘बी’बाट प्रदेश एकले दुई अंक जोडेको छ ।

पहिलो दिन पुरुषतर्फ ५  तथा महिलातर्फ ३ खेल हुनेछन् । प्रतियोगितामा पुरुष तथा महिलातर्फ समान नौं टोलीको सहभागीता रहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन शुक्रबार पोखरा रंगशालामा हुनेछ ।