साफ यु १५ महिला च्याम्पियनसिप

साफ यु १५ महिला च्याम्पियनसिप: नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं । अर्को महिना बंगलादेशको ढाकामा हुने साफ यु १५ महिला च्याम्पियनसिपमा नेपालले भुटासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल, बंगलादेश र भुटानको मात्र सहभागिता रहने प्रतियोगिता डलब राउन्ड रोबिन पद्धतिमा हुनेछ ।

नोभेम्बर ३ मा भुटान, ५ मा बंगलादेश, ९ मा भुटान र ११ मा बंगलादेशसँग खेल्ने छ । प्रत्येक टिमले आपसमा दुई–दुई खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा हुने टिम विजेता बन्ने छ ।

नेपाल प्रतियोगिताका लागि करिब एक महिना अगाडिदेखि तयारी गरिरहेको छ ।

प्रारम्भिक टिमः

गोलकिपरः राधिका ओली, सुजाता तामाङ, सानीमाया स्याङताङ

डिफेन्डरः दीपा मगर, सन्जी थिङ, अन्जना पुनमगर, विपान स्नेही, रेणु लिम्बु, अमिषा विक, अमिता भुल, प्रेरणा डोल्मालामा, सीता रोकाया

मिडफिल्डरः रेबिका नेपाली, सिवानी स्नेही, मनिषा सेन, सुसिला केसी, सिम्रन राई, दिलमाया घिसिङ, यसोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मन्डल, भुमिका बुढाथोकी, पवन परियार

फरवार्डः समिक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार, सुक्रिया मिया