नवौं राष्ट्रिय खेलकुद

गण्डकी र नेपाल आर्मी भिड्दै

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजबाट पुरुष ह्याण्डबल सुरु हुँदैछ । पहिलो खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी भिड्दै छन् ।

खेल बिहान आठ बजे सुरु हुनेछ । आठौं राष्ट्रिय खेलकुदमा गण्डकी पुरुष ह्यान्डबलमा स्वर्ण पदक विजेता रहेको थियो भने नेपाल आर्मीले कास्य पदक जितेको थियो ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २० औं राष्ट्रिय पुरुष तथा ११ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको खेल तालिका अनुसार समुह ए मा गण्डकी, बाग्मती, मधेश प्रदेश, आर्मी र कर्णाली प्रदेश रहेका छन् भने समूह बि मा एपिएफ, लुम्बीनी, प्रदेश नं १ र सुदुर पश्चिम रहेका छन् । त्यसै गरी महिला तर्फ समुह ए मा एपिएफ, लुम्बिनी, सुदुर पश्चिम र गण्डकी तथा समूह बि मा नेपाल आर्मी, प्रदेश नं १, बाग्मती, मधेश प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।

नेपाल ह्याण्डबल संघका महासचिव सन्देश रेग्मी अनुसार उद्घाटन खेल सोमबार दिउसो ३ बजे हुनेछ । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने नवौं राष्ट्रिय अन्तर्गत आज महिला र पुरुषका गरी ८ वटा खेल सञ्चालन हुनेछन् । प्रतियोगिता असोज २९ गते सम्म सञ्चालन हुनेछ ।