स्पेनिस ला लिगा

बार्सिलोना शीर्ष स्थानमा फर्कियो

मड्रिड । पेर्डीको निर्णायक गोलमा बार्सिलोना आइतबार सेल्टा भिगोलाई १-० ले निराश पार्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।

यसअघि शनिबार गेटाफेलाई १-० ले हराउँर्दै साविकको विजेता रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको  थियो। सेल्टा भिगोमाथिको जितपछि जाभीको टोलीले शीर्ष स्थानमा पुनरागमन गरेको हो ।

यद्धपी शीर्ष स्थानमा बसे पनि मार्लोकाविरुद्धको पछिल्लो खेलजस्तै यस खेलमा पनि बार्सिलोनाका रक्षकबीच स्पष्ट तालेमल अभाब देखिएको थियो । च्याम्पियन्स लिगमा पनि बार्सिलोना इन्टर मिलानसँग पराजित भएको थियो । 

जाभीले टोली जितको लयसँगै शीर्ष स्थानमा फर्कदा खुशी लागेको बताए । १७औं मिनेटमा पेर्डीले गरेको गोल बार्सिलोनाको जितमा पर्याप्त बन्यो ।

शीर्ष स्थानको बार्सिलोनाको आठ खेलमा २२ अंक छ । दोस्रो स्थानको रियाल मड्रिडको पनि समान खेलमा समान २२ अंक छ । तेस्रो स्थानको एथ्लेटिक बिलबाओको १७ अंक छ भने चौथो स्थानको एट्लेटिको बिलबाओको १६ अंक छ ।

ला लिगामा सेल्टाभिगोविरुद्ध बार्सिलोना पछिल्लो ११ खेलमा निकालेको यो पाँचौ जित हो । 

बार्सिलोनाले च्याम्पियन्स लिगको दोस्रो लेगमा बुधबार इन्टर मिलानको सामना गर्दैछ भने सेल्टा भिगोले आगामी आइतबार रियाल सोसिडाडको सामना गर्नेछ ।