नवौं राष्ट्रिय खेलकुद

महिला क्रिकेटः पुलिस र कर्णाली तथा लुम्बुनी र प्रदेश एक भिड्दै

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा आज पनि दुई खेल हुँदैछ । 

पोखरा क्रिकेट रंगशालामा हुने समूह बी को पहिलो खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेश तथा दोस्रो खेलमा प्रदेश नम्बर एक र लुम्बिनी प्रदेश भिड्दैछन् ।

आइतबारबाट सुरु प्रतियोगिताको पहिलो दिन मधेश प्रदेश र बाग्तमी प्रदेशले विजयी सुरुआत गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन असोज २८ गते हुने भए पनि महिला क्रिकेट भने आइतबारबाट सुरु भएको हो ।

पुरुष क्रिकेट भने भदौ ३१ मा काठमाडौंमा सम्पन्न भैसकेको छ । नेपाल पुलिस क्लबले नेपाल आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको थियो ।

महिला क्रिकेटको समूह ए मा बाग्मती प्रदेश, सुदुरपश्चिम प्रदेश,एफिएफ,गण्डकी र प्रदेश प्रदेश रहेका छन् भने समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश नम्बर एक रहेका छन् ।

समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।