चैत्र ६, २०८२ शुक्रबार | ०३:०२:१७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

नवौं राष्ट्रिय खेलकुद: अस्तव्यस्त पारामा फेन्सिङ सुरु

पोखरा । खेल सामाग्री समयमा नपाएको कारण तयारी प्रभावित भएको फेन्सिङ खेलको नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सवमा सुरुआत पनि अपेक्षाकृत राम्रो हुन सकेन ।

पोखरा रंगशाला परिसरभित्रको ब्याड्मिन्टन हलमा सोमबारबाट राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको प्रतियोगिता अत्यन्तै अस्तव्यस्त रुपमा सुरु भएको छ । बिहानैदेखि प्रतियोगिता सुरु हुने भनिए पनि हल व्यवस्थापन तथा कार्यालय प्रयोजनका लागि कोठा नपाउँदा प्रतिस्पर्धा ढिलो गरि सुरु भयो ।

‘ब्याड्मिन्टनको हलमा हामीलाई प्रतियोगिता गर्न दिएको छ । तर ब्याड्मिन्टनले हामीलाई राम्ररी फेन्सिङको ब्रान्डिङ गर्न समेत दिएको छैन । प्रतियोगिता हलमा फेन्सिङको भन्दा ठूलो ब्यानर ब्याड्मिन्टनको छ,’ फेन्सिङ संघका एक पदाधिकारीले खेलाडी डटकमसँग भने, ‘पाँच मिनेटमा तीन पटक बत्ति गएर पूरा प्रतियोगिता जेनेरेटरको भरमा गर्नुपरेको छ ।’

फेन्सिङजस्तो उच्च प्राविधिक खेलका लागि कार्यालय समेत प्रतियोगिता स्थलमा नपाएको गुनासो ति पदाधिकारीले गरे । कार्यालय प्रयोजनका लागि कोठा नदिएपछि खेलाडीको चेन्जिङ रुमबाट काम चलाउनुपरेको उनले बताए । अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिताका प्रतिस्पर्धा भने सुरु भइसकेका छन् ।

‘अर्थ मन्त्रीज्युले आएपछि औपचारिक उद्घाटन गर्नुहुनेछ । तर हामीले २८ गतेसम्ममा सबै स्पर्धा सकिसक्नुपर्छ । त्यही भएर खेल चाँही सुरु गरेका हौं,’ फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले भने ।

राष्ट्रिय खेलकुद सुरु हुन दुई साता बाँकी रहँदासम्म पनि आवश्यक खेल सामाग्री नपाएको भन्दै कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले सहयोगका लागि फेसबुकमा पोष्ट गरेपछि राष्ट्रिय खेलकुद परिषद तथा गण्डकी प्रदेश खेलकुद परिषदको चर्को आलोचना भएको थियो ।

पर्याप्त खेल सामाग्रीविना अभ्यास गर्ने क्रममा कास्कीमा एक खेलाडीको छातिमा तरबारले काटेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो