नवौं राष्ट्रिय खेलकुद

महिला क्रिकेट आजबाट, गण्डकी प्रदेश र मधेश प्रदेश भिड्दै

काठमाडौ । नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन असाज २८ गते हुने भए पनि महिला क्रिकेट भने आजबाट सुरु हुँदैछ ।

पोखरा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा गण्डकी प्रदेशले मधेश प्रदेश तथा सुदुरपश्चिम प्रदेशले बागमती प्रदेशविरुद्ध खेल्दैछ । पहिलो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ ।

समूह ‘ए’ मा गण्डकी प्रदेश, मधेश प्रदेश,बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश र एपिएफ क्लब रहेका छन् भने समूह बी मा प्रदेश एक, नेपाल पुलिस क्लब र कर्णाली प्रदेश रहेको छ । महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लब र एनआरएनको टोली भने सहभागी छैन ।

 समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

पुरुष क्रिकेट भने भदौं ३१ गते काठामाडौंमा सम्पन्न भइसकेको छ । वर्षाले प्रभावित बनेको खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई हराउँदै स्वर्ण पदक जितिसकेको छ ।