स्पेनिस ला लिगा

रियाल शीर्ष स्थानमा फर्कियो

मड्रिड । गेटाफेलाई १–० ले पराजित गरेसँगै रियाल मड्रिड शनिबार बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।

रियालको आठ खेलमा २२ अंक छ । जुन एक खेल कम खेलेको दोस्रो स्थानको बार्सिलोना भन्दा तीन अंक बढी हो । आइतबार बार्सिलोनाले सेल्टा भिगोलाई हराएमा रियाल पुनः दोस्रो स्थानमा झर्नेछ । तेस्रो स्थानको एथ्लेटिक मड्रिडको १७,चौथो स्थानको एट्लेटिको बिलबाओको १६ र पाँचौ स्थानको रियाल बेटिसको १६ अंक छ । 

खेलको तेस्रो मिनेटमा इडर मिलिटाओले गरेका गोल रियालको जितमा पर्याप्त बन्यो ।  रियालले आगामी साता एल क्लासिकोमा बार्सिलोनाको सामना गर्नेछ ।

गत साता ओसासुनासँग १–१ को बराबरी खेलेसँगै रियालको जित यात्रामा पूर्णविराम लागेको थियो भने टोली दोस्रो स्थानमा समेत झरेको थियो । 

ला लिगाअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा एथ्लेटिक बिलबाओ र सेभियाले १-१ को बराबरी खेल्दा एट्लेटिको मड्रिडले जिरोनालाई २-१ ले हरायो ।