नेपाल रिङ्ग रेस्लिङ्ग संघ

भदौ १५ बाट रिङ्ग रेस्लिङ्गको विशेष तालिम

काठमाडौं । नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धि सम्झौता भएको छ ।

सम्झैता अनुसार जापानी प्रशिक्षकले संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा भदौ १५ गतेदेखि ६ महिने विशेष व्यवसायिक रिङ्ग रेस्लिङ्ग तालिम दिनेछन् । सो तालिममा व्यवसायिक रिङ्ग रेस्लिङ्ग बन्न इच्छुक रेस्लरहरुले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नु पर्ने  संघले जनाएको छ ।

संघले  विशेष तालिम ५० जनालाई निःशुल्क प्रदान गरिने समेत जनाएको छ ।

 अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली रिङ्ग रेस्लिङ्गहरुको सहभागिता बढाउने उद्देश्यले तालिम संचालन  गरिन लागिएको हो । तालिममा रिङ्ग रेस्लिङ्गसँगै खेल मनोविज्ञान,आहार र आकस्मिक उपचार पनि समावेश गरिने जनाइएको छ   ।

छनौट भएका रेस्लरहरुलाई विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि गराउने संघले जनाएको छ ।