नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ

नवलपुर उत्कृष्ट जिल्ला घोषित

पोखरा । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघले २५ औं वार्षिक उत्सवको अवसरमा नवलपुर जिल्लालाई वर्ष उत्कृष्ट जिल्ला घोषित गरेको छ । उत्कृष्ट जिल्ला घोषित भएको नवपुरलाई उक्त कार्यक्रममा सम्मानित गरेको छ ।

महासंघले आइतबार पोखरा रंगशालामा एक कार्यक्रम गर्दै उत्कृष्ट कार्य गरेको भन्दै नवलपुरलाई नगद १० हजारसहित सम्मान गरेको हो ।

महासंघले वर्ष  पुरुष र  महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, सर्वाेकृष्ट प्रशिक्षक, संस्थापक अध्यक्ष र महासंघलाई योगदान दिने एकजनालाई पनि सम्मान गरेको छ ।

वर्ष उत्कृष्ट पुरुष खेलाडीमा गण्डकी प्रदेशका दिनेश बुढामगर, वर्ष उत्कृष्ट महिला खेलाडीमा बागमती प्रदेशकी रुविका खड्का, उत्कृष्ट प्रशिक्षकमा प्रदेश १ का राजेन्द्र धिमाल सम्मानित भएका हुन ।

सर्वाेकृष्ट प्रशिक्षकमा बागमती प्रदेशका गोपाल श्रेष्ठ, महासंघलाई महत्वपुर्ण योगदान गरेकोमा खाडादेवी गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमबहादर तामाङ र संस्थापक अध्यक्ष खड्कालाई पनि सम्मान गरिएको छ । सम्मानित सबैलाई सम्मानपत्रसहित नगद १०÷१० हजार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा आईटिफ तेक्वन्दो प्रतियोगितामा खेलाडीले धेरै भन्दा धेरै गोल्ड मेडल ल्याउन सफल होस भन्दै सफलताको शुभकामना दिए ।