नेकाेस मकवानपुर

नेकोस मकवानपुरको अध्यक्षमा सविन मोक्तान निर्वाचित

हेटौंडा । नेपाल खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा सविन मोक्तान निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न तेश्रो जिल्ला अधिवेशनले सविनको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले विक्रम लामिछाने र रुपा ढुंगानालाई उपाध्यक्ष चयन गर्‍यो भने संगीत श्रेष्ठ सचिव चुनिइन् । त्यसैगरी सहसचिवमा रोशन ठकुरी तथा आशिष थापामगर र कोषाध्यक्ष केदार थिङ निर्वाचित भए ।

नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा एमाले प्रदेश कमिटी सदस्य अनन्त पौडेल तथा बलराम बल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, खेलकुद महासंघका स्थायी कमिटी सदस्य एवं बागमती इन्चार्ज धरमबहादुर लामा, सचिबालय सदस्य एवं स्वास्थ्य विभाग प्रमुख दिपक न्यौपाने, केन्द्रीय सदस्यहरु बुद्धि डिम्डुङ, दिपक खड्का तथा चन्द्र शाही, महासंघ बागमती प्रदेश सचिव जनरल श्रेष्ठ र कोषाध्यक्ष इन्द्र सन्जेल लगायतको उपस्थिति थिए ।