एन्फा चुनाव

बाग्लुङ फुटबलमा जय राजभण्डारी निर्विरोध

बाग्लुङ । बाग्लुङ जिल्ला फुटबल संघमा जय राजभण्डारी नेतृत्वको कार्यसमिती निर्विरोध चयन भएको छ ।

शनिबार भएको साधारणसभाले आगामी चार वर्षे कार्यकालका लागि राजभण्डारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिती चयन गरेको हो ।

कार्यसमितीको उपाध्यक्षमा राजकुमार शर्मा, राहुल बोहरा र विकाश थापा छन् । यस्तै, सदस्यहरुमा लोकबहादुर खड्का, प्रेम बुढामगर, अविनास केसी, हरिबहादुर भण्डारी, जिवन रोक्का, सुरेश किसान, सुवास वोसेल, कमल थापा, सज्जन खड्क, अविनास वोसेल र महिला सदस्यमा रुविना थापा चयन भइन् ।