एन्फा चुनाव

बाँके फुटबलमा भोजराज निर्वाचित

नेपालगञ्ज । बाँके जिल्ला फुटबल संघको अध्यक्षमा भोजराज शाही निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा नौ मतसहित शाही अध्यक्ष पदमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी सुर्यमणी अधिकारीले दुई मत प्राप्त गरे । 

यस्तै, उपाध्यक्षमा निर्मल चन्द, अनिलबहादुर केसी र टोपेन्द्र खत्री चयन भए ।

अध्यक्षका लागि चुनाव भए पनि तीनै उपाध्यक्ष भने निर्विधिरो निर्वाचित भएका थिए । यस्तै, सदस्यहरुका लागि भने निर्वाचन भएको थियो । जसमा भोजबहादुर शाही, गोर्वधनसिंह सम्झना, दीपेन्द्र घले, गोविन्द्रप्रसाद श्रेष्ठ, ईश्वर चन्द, राजु तामाङ, दीपु राना, अर्जुन खड्का, देवेन्द्र केसी र इन्द्रबहादुर राना विजयी भए ।