एसिया ट्रायथलन कप

एसिया ट्रायथलनको उपाधि हिमाल र हिराकुलाई

काठमाडाैं । नेपालका हिमाल टमाटाले आइतबार एसिया ट्रायथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिपअन्तर्गत दुवाथलनको उपाधि जितेका छन् ।

पोखरामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ नेपालका हिमाल र महिलातर्फ जापानका हिराकु फुकुओका दुवाथलनको च्याम्पियन बनेका हुन् ।

टिभिएस अपाचेको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा पाँच किमि रनिङ, २० किमि साइक्लिङ र २÷५ किमि रनिङको दुरी हिमालले ४५ मिनेट ५४.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे । यस्तै, हिराकुले उक्त दुरी एक घन्टा एक मिनेट १०.६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जिते ।

नेपाल ट्रायथलन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ मानबहादुर थापा मगरले ५५ मिनेट १.०७ सेकेन्डमा पुरा गर्दै दोस्रो र ५८ मिनेट २५.३१ सेकेन्डमा दुरी पुरा गर्दै वसन्त थारु तेस्रो भए ।

यस्तै, महिलातर्फ भारतकी स्रेहाल जोशीले निर्धारित दुरी एक घन्टा ६ मिनेट ५६.८४ सेकेन्डमा र इन्द्रकला नेवाङ्गले निर्धारित दुरी एक घन्टा ७ मिनेट ३३.९४ सेकेन्डमा पुरा गर्दै क्रमशः रजत र काश्य पदक जिते ।