सहिद स्मारक ‘बी’ डिभिजन लिग

मध्यपुर र श्री भगवतीले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा मध्यपुर युथ एसोसियसन र श्री भगवती क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुबै टोलीले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाए ।

बराबरीसँगै श्री भगवतीले लिगमा ११ खेलबाट १५ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको मध्यपुरको लिगमा १४ अंक छ ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन् ।

आइतबारको दोस्रो खेलम सामाजिक युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्दा अन्तिम खेलमा खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।