नेकाेस बैठक

नेकोस बैठकः ३३ सदस्सीय स्थायी कमिटी र ७७ सदस्सीय सचिवालय सदस्य अनुमोदन

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) को शुक्रबार बसेको पहिलो बैठकले ३३ सदस्यीय स्थायी कमिटी तथा ७७ सदस्यीय सचिवालय सदस्य अनुमोदन गरेको छ ।

महासंघको दोस्रो महाधिवेशनलेआयोजक कमिटी संयोजकका उपाध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) को नेतृत्वमा प्रदेश, जिल्ला र महानगरका इन्चार्ज तथा सह–इन्चार्ज घोषणा समेत गरेकाे छ ।

काठमाडौंमा शुक्रबार बसेको बैठकमा समग्र खेल क्षेत्रको विकास र समृद्धीका लागि ‘एक पालिका एक रंगशाला, एक वडा एक खेल पूर्वाधार’ को नारालाई आगामी स्थानीय निर्वाचनको चुनावी घोषणापत्रमा समावेश गर्न नेकपा एमाले समक्ष प्रस्ताव पास गरेको छ ।

महासंघको बैठक सन्चालन कार्यविधि २०७८ लागु गर्दै फागुन २८ गते भएको भेलाबाट २७ वटा राष्ट्रिय खेलका इन्चार्ज र सहइन्चार्ज घोषणा गरेको छ । यस्तै, प्रतिनिधित्व नभएको जिल्लामा विभिन्न खेलक्षेत्रका ३० जनालाई महाधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित गरेको छ । साथै महासंघको विधानमा व्यवस्था भए बमोजिम २१ वटा केन्द्रीय विभागको समेत प्रमुख, उपप्रमुख र सचिव चयन गरेको छ ।

बैठकमा बोल्दै महासंघका संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले खेलक्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीको अधिकारको रक्षा गर्न सक्ने हुनाले खेलकुद गतिविधीलाई गाउँ–गाउँमा पुर्याउने प्रतिबद्धता गरे ।

महासंघले लुम्बिनी प्रदेशमा चैत १० र गण्डकीमा चैत १९ गते अधिवेशन गर्ने निर्णय गरेको छ ।

महासंघ प्रदेश १ को इन्चार्जको जिम्मेवारी सन्तोष वान्तवाले पाएका छन् भने दिलचक्र राई, कृष्ण प्रसाद सिग्देल, थलु राजभण्डारी र सन्तोषी श्रेष्ठलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

यस्तै, मधेस प्रदेशको इन्चार्जमा मानदेव हजरालाई सुम्पिदा सह इन्चार्जमा राजेश साह, शिवजी गुप्ता, प्रभुनारायण सिवाकोटी र अरविन्द चयन भएका छन् ।

बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी धरमबहादुर लामाले पाएका छन भने सह इन्चार्जको जिम्मेवारी दिपक न्यौपाने, मुनाल घिसिङ, तीर्थ बहादुर खड्का र उज्वल सुवेदीले पाएका छन् ।

महासंघको गण्डकी प्रदेश ईन्चार्जको जिम्मेवारी ऋषिराम गौतमले पाए भने प्रदीप थापामगर सहइन्चार्ज बनेका छन् । लुम्बिनी प्रदेशमा भीम ओली इन्चार्ज भएका छन भने सहइन्चार्जको जिम्मेवारी प्रनीर अधिकारी र हिमाल श्रेष्ठलाई दिईएको छ । त्यस्तै, चेतनराज गिरीले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाए भने मोहन शाही र एनबी बस्नेत सहइन्चार्ज भएका छन । महासंघले सुदूरपश्चिम प्रदेशमा विष्णु चन्दलाई इन्चार्ज तोकेको छ भने हिक्मत थापा र दिपेन्द्र गिरिलाई सहइन्चार्ज बनाएको छ । त्यसैगरी महासंघले सुदर्शन गुरुङलाई उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्ज बनाएको छ भने शैलेन्द्र श्रेष्ठ, केशव ओली र अशोक ढुंगेललाई सहइन्चार्ज तोकेको छ ।

नेपाल खेलकुद महासंघले विधान व्यवस्था भए अनुरुप विभिन्न केन्द्रीय विभागमा समेत जिम्मेवारी तोकेको छ ।

नेपाल खेलकुद महासंघले विधानमा व्यवस्था भए बमोजिम ३३ सदस्यीय स्थायी कमिटीको गठन समेत गरेको छ ।

कमिटी सदस्यः
१. कृष्ण बस्नेत (पर्शुराम)
२. ओमकृष्ण प्रसाईं
३. उपेन्द्रकुमार पौडेल
४. उमेश केसी
५. यकेन्द्र बहादुर कुँवर
६. कपिल न्यौपाने
७. गणेशलाल कक्षपती
८. चेतनराज गिरी
९. डाकबहादुर रानापाल
१०. थलु राजभण्डारी
११. दिपेन्द्रप्रसाद दाहाल
१२. धर्मकुमार श्रेष्ठ
१३. धरम बहादुर लामा
१४. नन्दा बस्याल
१५. निरेशलाल सिंह
१६. प्रनिर अधिकारी
१७. प्रभातविक्रम कटुवाल,
१८. बासु नेपाल
१९. भीम ओली
२०. मानदेव हजरा
२१. मोहम्मद समीउल्लाह
२२. रामकृष्ण खड्का
२३. रुपेश अधिकारी
२४. रेनुका श्रेष्ठ
२५. विष्णु चन्द
२६. विदुर शर्मा
२७. विप्लव घोष
२८. शान्तामाया परियार
२९. सन्जु महर्जन
३०. सन्तोष वान्तवा
३१. सन्तोषी श्रेष्ठ
३२. सुदर्शन गुरुङ
३३. सुभाष श्रेष्ठ