चैत्र १३, २०८२ शुक्रबार | १७:२७:५६
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

एनएसएल प्रतियोगिता नै रद्द गर्न असन्तुष्ट क्लबको माग, टाइसिट ड्र रोक्ने निर्णय

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि आइतबार जारी हुने भनिएको टाइसिट ड्र स्थगित भएको छ । पछिल्लो समय एनएसएलको आयोजनालाई लिएर विवाद भइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा)को टास्कफोर्स र ए डिभिजन लिगका चार असन्तुष्ट क्लबबीचको बैठकबाट टाइसिट ड्र स्थागित भएको उच्च स्रोतले जानकारी दिएको छ ।

एनएसएलको आयोजना र अस्तित्वको विषयमा असन्तुष्ट ए डिभिजन लिगका क्लबहरू र आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली (एनइएसएम) बीचको विवाद समाधानका लागि एन्फा कार्यसमिति बैठकले सात सदस्यीय टास्कफोर्स समेत गठन गरेको थियो । सोही समिति र असन्तुष्ट क्लबबीच शुक्रबार भएको छलफलपछि आइतबारको कार्यक्रम स्थगित भएको हो ।

एनइएसएमले चैत २ गते एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै चैत ६ गते आइतबार टाइसिट सार्वजनिक गर्ने जानकारी गराउँदै पत्र लेखेको थियो । तर शुक्रबार उक्त टास्क फोर्स र चार असन्तुष्ट क्लब– थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोठ टिम (एनआरटी)बीच छलफल भएको थियो ।

उक्त छलफलमा क्बलहरूले प्रतियोगिता नै रद्द गर्नुपर्ने माग राखेको छलफलमा सहभागीले खेलाडीलाई बताए । त्यसपछि बसेको टास्कफोर्सको बैठकले ‘अर्को निर्णय नहुन्जेलसम्म टाइसिट ड्र रोक्ने निर्णय गरेको पनि स्रोतले जानकारी दिएको छ ।

आफूहरूलाई भने यसबारे खबर नआएको एनएसएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदीप शर्माले बताए ।

‘हामीलाई अहिलेसम्म टाइसिट ड्र रोक्नेबारे खबर आएको छैन,’ शर्माले भने ।

यसअघि फागुन २० गते हुने तय भएको खेलाडीको अक्सन रोक्न पनि एन्फाले निर्देशन दिएको थियो । तर, त्यसका बाबजुद एनइएसएमले सोही समयमा अक्सन गरेको थियो ।

रोक्ने निर्णय विपरीत टाइसिट ड्र हुन्छ ? भन्ने प्रश्नमा सिइओ शर्माले भने,– ‘यसै भन्न सक्दिन पहिले त रोकिएको किन हो भन्ने बुझ्नु पर्छ ।’

०७८ चैत २५ गतेदेखि जेठ १५ को मिति उपलब्ध गराइदिनका लागि एनइएसएमले एन्फासामु पुस २१ गते पठाएको पत्र हराएको भन्दै पुनः चैत २ गते चैत २५ देखि जेठ १ गतेसम्मको मिति माग गर्दैै पत्र पठाएको छ ।

पहिलेको पत्र हराएसँगै एन्फा अध्यक्षसँगको छलफलपछि दोस्रो पटक पत्र पठाउनु परेको उल्लेख छ । यस्तै, एनइएसएमले चैत २ गते नै पत्र काट्दै एन्फालाई सम्पूर्ण अफिसियल, ग्राउन्ड स्टाफ, म्याच कमिसनर र रेफ्री उपलब्ध गराइदिन पत्र काटिसकेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो