माघ १६, २०८२ शुक्रबार | १८:०३:१६
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

एनएसएल प्रतियोगिता नै रद्द गर्न असन्तुष्ट क्लबको माग, टाइसिट ड्र रोक्ने निर्णय

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि आइतबार जारी हुने भनिएको टाइसिट ड्र स्थगित भएको छ । पछिल्लो समय एनएसएलको आयोजनालाई लिएर विवाद भइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा)को टास्कफोर्स र ए डिभिजन लिगका चार असन्तुष्ट क्लबबीचको बैठकबाट टाइसिट ड्र स्थागित भएको उच्च स्रोतले जानकारी दिएको छ ।

एनएसएलको आयोजना र अस्तित्वको विषयमा असन्तुष्ट ए डिभिजन लिगका क्लबहरू र आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली (एनइएसएम) बीचको विवाद समाधानका लागि एन्फा कार्यसमिति बैठकले सात सदस्यीय टास्कफोर्स समेत गठन गरेको थियो । सोही समिति र असन्तुष्ट क्लबबीच शुक्रबार भएको छलफलपछि आइतबारको कार्यक्रम स्थगित भएको हो ।

एनइएसएमले चैत २ गते एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै चैत ६ गते आइतबार टाइसिट सार्वजनिक गर्ने जानकारी गराउँदै पत्र लेखेको थियो । तर शुक्रबार उक्त टास्क फोर्स र चार असन्तुष्ट क्लब– थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोठ टिम (एनआरटी)बीच छलफल भएको थियो ।

उक्त छलफलमा क्बलहरूले प्रतियोगिता नै रद्द गर्नुपर्ने माग राखेको छलफलमा सहभागीले खेलाडीलाई बताए । त्यसपछि बसेको टास्कफोर्सको बैठकले ‘अर्को निर्णय नहुन्जेलसम्म टाइसिट ड्र रोक्ने निर्णय गरेको पनि स्रोतले जानकारी दिएको छ ।

आफूहरूलाई भने यसबारे खबर नआएको एनएसएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदीप शर्माले बताए ।

‘हामीलाई अहिलेसम्म टाइसिट ड्र रोक्नेबारे खबर आएको छैन,’ शर्माले भने ।

यसअघि फागुन २० गते हुने तय भएको खेलाडीको अक्सन रोक्न पनि एन्फाले निर्देशन दिएको थियो । तर, त्यसका बाबजुद एनइएसएमले सोही समयमा अक्सन गरेको थियो ।

रोक्ने निर्णय विपरीत टाइसिट ड्र हुन्छ ? भन्ने प्रश्नमा सिइओ शर्माले भने,– ‘यसै भन्न सक्दिन पहिले त रोकिएको किन हो भन्ने बुझ्नु पर्छ ।’

०७८ चैत २५ गतेदेखि जेठ १५ को मिति उपलब्ध गराइदिनका लागि एनइएसएमले एन्फासामु पुस २१ गते पठाएको पत्र हराएको भन्दै पुनः चैत २ गते चैत २५ देखि जेठ १ गतेसम्मको मिति माग गर्दैै पत्र पठाएको छ ।

पहिलेको पत्र हराएसँगै एन्फा अध्यक्षसँगको छलफलपछि दोस्रो पटक पत्र पठाउनु परेको उल्लेख छ । यस्तै, एनइएसएमले चैत २ गते नै पत्र काट्दै एन्फालाई सम्पूर्ण अफिसियल, ग्राउन्ड स्टाफ, म्याच कमिसनर र रेफ्री उपलब्ध गराइदिन पत्र काटिसकेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।