युवा पत्रकारिता पुरस्कार २०७८

खेलाडीकर्मी ओझा युवा पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित

काठमडौं । खेलाडी डटकमका सुदुरपश्चिम प्रदेश प्रमुख सिताराम ओझा आइतबार युथा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानति भएका छन् ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले ओझासहित चार पत्रकारलाई युवा पत्रकारिता पुरस्कार २०७८ बाट सम्मान गरेका हुन् ।

ओझा करिब डेढ दशकदेखी पत्रकारितामा संक्रिय छन् । उनी नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष र नेपाल प्रेस युनियन कैलालीका सचिव समेत हुन् । 

त्यस्तै वसन्ती बास्तोला, पूर्णबहादुर खड्का र केशवबहादुर भुल पनि सम्मानित भए । सम्मानित चार जनाले ५० हजार रुपैयाँ प्राप्त गरे ।