सदस्यसचिव

सदस्यसचिव मुद्दाको पेशी फेरि स्थगित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको विषयमा आज तोकिएको पेशी पनि स्थगित भएको छ । वर्तमान सरकारद्वारा बर्खास्तमा परेका रमेशकुमार सिलवालले सो पदमा टंकलाल घिसिङको नियुक्ति खारेजी र आफ्नो पुनर्वहालीका लागि सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

जसमा न्यायाधीस हरि फुयालको एकल इजालासले सरकारको निर्णयलाई यथास्थितिमा राख्नु भन्ने माघ १३ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । चौथो पटक आजका लागि तोकिएको पेशी फेरि सरेको हो ।

सर्वोच्चले आज (आइतबार) स्थगित पेशीको सूचीमा राखेको छ । राखेपका विभागीय प्रमुख कुलबहादुर थापालाई मन्त्रालयले निमित्त सदस्यसचिवको रूपमा जिम्मेवारी तोकेको छ ।