इङ्लिस प्रिमियर लिग

मार्कलाई स्टामफोर्ड ब्रिज पठाउन सहमत नभएको ब्राइटनको दाबी

लन्डन । ब्राइनटनले आफूहरु रक्षक मार्क कुकुरेलालाई चेल्सीमा पठाउन सहमत भएको भन्ने खबर झुटो भएको दाबी गरेको छ ।

बुधबार ब्राइटन कुकुरेलालाई ५० मिलियन पाउन्डमा स्टामफोर्ड ब्रिज पठाउन सहमत भएको खबर सार्वजनिक भएको थियो । उनको अनुबन्धमा इङलिस प्रिमियर लिगको साविकको विजेता म्यानचेस्टर सिटीले पनि इच्छा देखाएको थियो ।

चेल्सीले नयाँ सिजनका लागि खालिडो कोलिबेली, रहिम स्टर्लिङ र ग्याब्रियल स्लोनिनालाई अनुबन्ध गरिसकेको छ ।

‘मार्क कुकुरेला हाम्रा खेलाडी हुन् र हामी उनलाई अन्यत्र पठाउन सहमत भएका छैनौ,’ ब्राइटनले जारी गरेको विज्ञप्क्तीमा भनिएको छ,' हामी उनलाई बेच्ने योजनामा छैनौ । चोटका कारण उनी हामीसँग प्रि सिजनको अन्तिम खेलमा थिएनन र आइतबार प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्ध हुने खेलमा पनि उनी टोलीमा हुने सम्भावना न्युन छ ।'