स्क्वास

चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । दिलिप अधिकारी चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको मास्टर ओपनको फाइनलमा पुगेका छन् । कर्नेल इन्द्र बहादुर कार्कीलाई २-१ पछि पारेको अवस्थामा अर्का खेलाडी 'रिटार्यड हर्ट' भएपछि  दिलिप विजयी भए ।

आजै भएको प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा राज कृष्ण महर्जनले ४-११, ११-५, ११-९,११-९ स्कोरले कमल शाक्यलाई ३-१ ले हराए भए । सोही विधामा प्रयाग जोशीले जुनिल शाक्यलाई १२-१०, ११-३,८-११,११-३ को स्कोरको अधार मा ३-१ को जितसहित फाइनल यात्रा तय गरे ।

भोलि मेन्स ओपन, मास्टर ओपन, महिला ओपन तथा बवाईज यु - १९ विधाका सम्पूर्ण सेमिफाइनल खेलहरू सञ्चालन हुनेछन् ।