सहिद स्मारक ‘सी’ डिभिजन लिग

लगातार तेस्रो जितको लक्ष्यमा पुल्चोक

पुल्चोक

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बिहीबार झम्सिखेल युथ क्लबको सामना गर्दा पुल्चोक स्पोर्टस क्लब लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ ।

खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो १ बजे सुरु हुनेछ । यसअघि पुल्चोकले सामाजीक युवा क्लबलाई ३-० तथा स्वयम्भु क्लबलाई २-१ ले पराजित गरेको थियो ।

यता झम्सिखेल पनि लगातार दोस्रो जितको खोजीमा छ । यसअघि स्पोर्टस एकेडेमी साँगासँग १-० ले पराजित झम्सिखेलले गोलबजार स्पोर्टस क्लबलाई ४-० ले हराएको थियो ।

झम्सिखेल

यसैगरी दिउँसो ४ बजे सुरु हुने खेलमा साँगा र रानीवन स्पोर्टस क्लब भिड्ने छन् ।

साँगा दोस्रो जितको लक्ष्यमा छ । यसअघि झम्सिखेललाई १-० ले पराजित गरेका साँगाले मनोहरा युनाइटेड युथ क्लबसँग ३-२ को हार ब्यहोरेको थियो ।

रानीवन पहिलो जितको खोजीमा छ । रानीवन यसअघि महावीर स्ट्डिज एन्ड एथलेटिक्स एसोसिएसनसँग १-१ तथा  समाज कल्याण खेलकुद केन्द्रसँग गोलरहित बराबरीमा रोकिएको थियो ।