क्रिस्टियानो रोनाल्डो

रोनाल्डोले जिते युभेन्ट्सविरुद्धको मुद्दा

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले  इटालियन क्लब युभेन्ट्सविरुद्धको पारिश्रमिकसम्बन्धी मुद्दा जितेका छन्।

हाल साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले पारिश्रमिक नपाएको भन्दै युभेन्ट्सविरुद्ध मुद्दा दायर गरेका थिए।

रोनाल्डोले कोभिडको समयमा आफ्नो पारिश्रमिक कटौतीमा सहमति जनाएका थिए। तर, प्रतिज्ञा गरेअनुसार आफूलाई क्बलले १ करोड ९५ लाख युरो भुक्तानी गर्न बाँकी रहेको भन्दै रोनोल्डोले कानुनकी बाटो रोजेका थिए । 

तर,अदालतको फैसला अनुसार युभेन्ट्सले १ करोड युरो तिर्नुपर्ने इटालियन मिडियाहरूले जनाएका छन् ।

रोनाल्डोले २०२१ मा युभेन्ट्स छोडेका थिए। तीन सिजन बिताएका उनले १३४ खेलमा १०१ गोल गरेका थिए।