लुका मोड्रिच

कतार विश्वकप मोड्रिचका लागि अन्तिम नहुनेमा डालिच विश्वस्त

दोहा । क्रोएसियाका मुख्य प्रशिक्षक ज्लाट्को डालिचले टोलीका कप्तान तथा मिडफिल्डर लुका मोड्रिचका लागि कतार विश्वकप २०२२ अन्तिम सहभागिता नहुनेमा विश्वस्त रहेको बताएका छन् ।

‘आशा छ यो मोड्रिचका लागि यो अन्तिम विश्वकप सहभागिता हुनेछैन,’डालिचले भने ‘उनले क्रोएसियाका लागि खेल्न जारी राख्नेछन् भन्नेमा म पूर्णरुपमा विश्वस्त छु। मोड्रिचले कडा परिश्रमका साथ आफुलाई स्वभाविक लयमा राख्ने प्रयास गरिरहेका छन् । टोलीलाई अझै उनको आवश्यकता छ ।

रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिच हाल ३७ वर्षका भइसकेका छन् । 
 

क्रोएसियाले गएराति सम्पन्न अन्तिम १६ को खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

सन् १९९८ मा तेस्रो र २०१८ मा दोस्रो स्थान हासिल गरेको क्रोएसियाले शुक्रबार एजुकेशन सिटी स्टेडियममा ब्राजिललाई स्तब्ध बनाउन सके लगातार दोस्रोपटक सेमिफाइनलको यात्रा तय गर्नेछ ।