गारेथ साउथगेट

इतिहास रच्ने अवसर खेर जान नदिन खेलाडीलाई साउथगेटको आग्रह

दोहा । इङ्ल्यान्डका मुख्य प्रशिक्षक गारेथ साउथगेटले कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा साबिकको विजेता फ्रान्सविरुद्ध जित निकाल्दै इतिहास रच्ने अवसर रहेको बताउँदै त्यसलाई खेर नफाल्न खेलाडीलाई आग्रह गरेका छन् ।

इङ्ल्यान्डले अन्तिम १६ मा सेनेगललाई ३–० ले हराउँदै क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको थियो । 

इङ्ल्यान्ड साबिकको फ्रान्सको यात्रा क्वार्टफाइनलमा सीमित पार्न चाहन्छ । साउथगेटले सन् २०१६ बाट इङ्ल्यान्डको प्रशिक्षण सम्हालिरहेका छन् । 

साउथगेटको प्रशिक्षणमा इङ्ल्यान्डले रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यस्थै इङ्ल्यान्डले उनकै प्रशिक्षणमा युरोपियन च्याम्प्यिनसिप २०२० को फाइनल प्रवेश गरेको थियो । फाइनलमा भने इङ्ल्यान्ड इटालीसँग निराश भएको थियो । 

‘हामीले पछिल्ला चार–पाँच वर्षमा धेरै इतिहास बनाएका छौं,त्यसबाट टोलीको मनोबल बढिरहेको छ,’साउथगेटले भने, ‘हामीले लगातार प्रमुख प्रतियोगिताको नकआउट चरणमा स्थान बनाइरहेका छौ । फ्रान्सविरुद्धको खेल हाम्रा लागि कठिन परिक्षा हो । हामीले स्वभाविक लय कायम राख्न आवश्यक छ ।’

१९६६ को  विश्वकप जिते यता इङ्ल्यान्डले कुनै पनि प्रमुख प्रतियोगिताको उपाधि जितेको छैन ।