दक्षिण कोरिया

दक्षिण कोरियाका प्रशिक्षक बेन्टोले सम्झौता नविकरण नगर्ने

दोहा । कतारमा जारी विश्वकप २०२२ को अन्तिम १६ बाटै बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले आफ्नो सम्झौता नविकरण नगर्ने बताएका छन् ।

कोरिया सोमबार सम्पन्न खेलमा ब्राजिलसँग ४–१ ले पराजित भएको थियो ।

सन् २०१८ मा शिन ताई योङ्गले प्रशिक्षण छोडेपछि ५३ वर्षिया प्रशिक्षक बेन्टोले दक्षिण कोरियाको टोली सम्हालेका थिए ।  

‘हामीले अहिल्यैबाट भविष्यको बारेमा सोच्नु पर्छ । तर म दक्षिण कोरियाको राष्ट्रिय टोलीसँग हुनेछैन,’ बन्टोले भने,‘अहिलेलाई म आराम गर्न चाहन्छु ।  त्यसपछि के गर्ने भनेर विचार गर्छु ।’

‘म सबै कुराको लागि टोलीलाई धन्यवाद दिन चाहन्छु’ बेन्टोले थपे‘उनीहरूले आफ्नो उत्कृष्ट दिए । यो टोलीलाई प्रशिक्षण दिन पाएकोमा मलाई गर्व छ ।’

दक्षिण कोरियाले समूह चरणको अन्तिम खेलमा पोर्चुगलमाथि अप्रत्यासित जित निकाल्दै २०१० पछि पहिलोपटक विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो ।