इङ्ल्यान्ड

सेनेगलमाथिको जितले मानिसिक रुपमा तयार बनाएको छः केन

दोहा । इङ्ल्यान्डका कप्तान ह्यारी केनले कतार विश्वकप २०२२ अन्तर्गत अन्तिम १६मा सेनेगलमाथिको जितले आगमी खेलमा फ्रान्सको सामना गर्न मानसिक रुपमा तयार बनाएको बताएका छन् ।

इङ्ल्यान्डले शनिबार क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्दैछ ।

इङल्यान्डलाई जित दिलाउन केनसहित जोर्डन हेन्डरसन र बुकायो साकाले गोल गरेका थिए ।

२९ वर्षीय केनले इङल्यान्ड केलियन एमबाप्पे र फ्रान्ससँग नडराएको पनि  बताएका छन् । 
‘मलाई लाग्छ कि हामीले प्रतियोगितामा परिपक्वता देखाएका छौं, केनले भने, त्यसैले कुनै टोली वा खेलाडीसँग डराउनु पर्ने अवस्था छैन ।’

‘सेनेगलविरुद्धको जित टोलीका सदस्यहरुमा समर्पित गर्न चाहन्छु । उनीहरु सुरु देखि नै उच्च मनोबलका साथ खेलिरहेका थिए’ केनले थपे ‘हामीसँग उत्कृष्ट खेलाडी छन । जो आफ्नो गतीले विपक्षीलाई समस्यामा पर्न सक्छन । लगातार तीन खेलमा क्निल सिट राख्नु महत्वपूर्ण कुरा हो ।’