स्पेन

मोरोक्कोविरुद्ध सतर्क भएर खेल्ने पेड्र्रीको विश्वास

दोहा । स्पेनका मिडफिल्डर पेड्रीले सोमबार अन्तिम १६ मा  मोरोक्कोविरुद्ध मैदान उत्रदा सतर्क भएर खेल्नु पर्ने बताएका छन् ।

पेड्रीले समूह चरणको अन्तिम खेलमा जापनसँगको हारबाट टोलीले पाठ सिक्नुपर्ने बताए ।

समूह इ को अन्तिम खेलमा जापानले स्पेनलाई २-१ ले हराएको थियो । यद्धपी तीन खेलमा ६ अंकसहित स्पेन समूह उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गरेको थियो । स्पेनले जर्मनीलाई गोलअन्तरमा पछि पारेको थियो । यस समूहबाट जापान विजेता बनेको थियो । 

समूह चरणमा अपराजित यात्रा कायम गरेको   मोरोक्को स्पेनका लागि कठिन प्रतिद्धन्द्धी हुनेमा दुबिधा छैन ।

‘नकआउट चरणमा दोस्रो अवसर मिल्दैन, त्यसैले एउटा गल्ती पनि हाम्रा लागि मंहगो साबित हुनसक्छ र हामी त्यसमा सतर्क छौ ’, उनले भने, ‘हामी जापानविरुद्धको जस्तै नतिजा दोहोरिएको हेर्न चाहदैनौ । ’

आजै हुने अर्कोे क्वार्टरफाइनलमा क्रोएसिया र जापानबीच प्रतिस्पर्धा हुनेछ ।