कतार विश्वकप २०२२

विश्वकपमा आज चार खेलः जर्मनी, बेल्जियम र क्रोएसियाको भाग्य निर्धारण

काठमाडौं । कतार विश्वकपमा आज राति चार खेल हुँदैछन् । राति ८ः४५ बजे समूह ‘एफ’बाट क्रोएसिया र बेल्जियमले एक-आपसमा प्रतिस्पर्धा गर्दा प्रतियोगिताबाट बाहिरिसकेको क्यानाडाले मोरक्कोको सामना गर्दैछ ।

त्यसैगरि राति १२ः४५ बजे समूह ‘ई’ का दुई खेल हुँदैछन् । समूहको शीर्ष स्थानमा रहेको स्पेनले जापानसँग खेल्दैछ भने पहिलो खेलमा जापानसँग पराजित भएको चारपटकको च्याम्पियन जर्मनीले कोस्टारिकाको सामना गर्दैछ ।

समूह ‘ई’को शीर्ष स्थानमा रहेको स्पेनलाई नकआउट चरण पुग्न आज जापानसँग बराबरीको नतिजा पर्याप्त हुनेछ । जर्मनीले कोस्टारिकासँग जित वा बराबरीको नतिजा निकाले स्पेन हारका बाबजुद पनि गोल अन्तरका आधारमा अघि बढ्न सक्छ ।

स्पेनलाई हराएको खण्डमा जापान आगाडी बढ्ने छ । बराबरी खेलेमा जापानको यात्रा कोस्टारिका र जर्मनीको खेलले निर्धारण गर्नेछ ।

कोस्टारिकाले जर्मनीलाई हराएमा अन्तिम १६ मा स्थान बनाउने छ । हारले उसको यात्रामा पूर्णविराम लाग्नेछ भने बराबरी भएमा कोस्टारिकाको सम्भावना जापान स्पेनसँग पराजित भएको अवस्थामा मात्र रहनेछ । जर्मनीसँग भने प्रतियोगितामा अगाडी बढ्नका लागि जितको विकल्प छैन ।

जापान र कोस्टारिका दुवैले नतिजा आफ्नो पक्षमा पारेमा भने पूर्व विजेता स्पेन र जर्मनी प्रतियोगिताबाट बाहिरिने सम्मको समिकरण बन्नेछ ।

समूह ईः

टिमखेल जितबराबरीहारगोल अन्तरअंक
स्पेन१ 
जापान
कोस्टारिका-६
जर्मनी-१

यसैगरी बेल्जियमले क्रोएसियाविरुद्ध जित हात पारेमा अन्तिम १६ मा स्थान पक्का गर्नेछ । हार बेहोरेको खण्डमा बेल्जियमको यात्रा समूह चरणमै सकिने छ । बराबरी खेलेको खण्डमा क्यानाडाले मोरक्कोलाई ४ गोलको अन्तरले हराएमा मात्र बेल्जियम अघि जानेछ ।

क्रोएसिया बेल्जियमलाई बरारबरीमा राके पनि अघि बढ्ने छ । क्रोएसिया पराजित भए पनि क्यानाडाले मोरक्कोलाई हराए टोली अन्तिम १६ मा पुग्नेछ ।

मोरक्कोका लागि अगाडि बढ्नका लागि क्यानाडामाथि जित हासिल गर्नुपर्छ । पराजित भएको खण्डमा भने मोरक्कोले नकआउट चरण पुग्नकालागि क्रोएसियाले बेल्यिमलाई पराजित गरेको देख्न पाउनुपर्नेछ । आफूले बराबरी खेलेको अवस्थामा अर्को खेलमा क्रोएसियाले बेल्जियममाथि जित निकाल्न नसके मोरक्को अघि बढ्ने छ । 

समूह एफः

टिमखेल जितबराबरीहारगोल अन्तरअंक
क्रोएसिया१ 
मोरक्को
बेल्जियम-१
क्यानाडा-४