वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

कर्णालीलाई गण्डकीको दुई सय ३५ रनको लक्ष्य

काठमाडौं । गण्डकी प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसामु जितका दुई सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ३४ रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि गोविन्द विकले ८७ बलमा सात चौका र एक छक्कमद्दतमा सर्वाधिक ५५ रनको योगदान दिए । 

त्यसैगरी ५० रन बनाएका अर्जुन कुमालले एक सय ६ बलमा तीन प्रहार गरे । दीपक डुम्रेले ४४, सिब्रिन श्रेष्ठले २६,कप्तान सुवास भण्डारीले अविजि २१ र किरण पंगेनीले १० रन जोडे । 

कर्णालीका लागि आवास शाहले तीन, मोहन विकले दुई तथा विनित खत्रीले एक विकेट लिए ।