क्यामरुन

क्यामरुनका गोलकिपर ओनाना निलम्बित

दोहा । क्यामरुनले पहिलो रोजाइका गोलकिपर आन्द्रे ओनानालाई टोलीबाट निलम्बन गरेको छ ।

मुख्य प्रशिक्षक रिगोबेर्ट सोङले अनुशासन तोडेका भन्दै सोमबार समूह जी अन्तर्गत सर्बियाविरुद्ध ३–३ को बराबरी खेलेको खेलमा ओनानाको स्थानमा दोस्रो रोजाईका गोलकिपर डविस इपासलाई मैदान उतारेका थिए ।

‘आन्द्रे बाहिरिन चाहन्थे र हामीले त्यसलाई स्वीकार गर्यौं । एउटा खेलाडीमात्र नभई सम्पूर्ण टोलीकै लागि अनुशासन महत्त्वपूर्ण हुन्छ’’सङले भने ।

क्यामरुन फुटबल संघले पनि मुख्य प्रशिक्षकको निणर्यलाई समर्थन गर्दै ओनानामाथि अनुशासन तोडेको र त्यसको सजाय स्वरुप उनलाई निलम्बन गरिएको जनाएको छ ।

इन्टर मिलानबाट व्यावसायिक फुटबल खेल्ने ओनानाले स्विट्जरल्याण्डविरुद्ध १–० ले हार बेहोेरेको खेलमा ९० मिनेट नै मैदानमा बिताएका थिए । तर, सर्बियासँग ३–३ को बराबरी खेल्दा उनलाई टिममै राखिएन ।

फुटबल विश्लेषक फाब्रिजियो रोमानोका अनुसार ओनानाले परम्परागत शैली पछ्याएको र मुख्य प्रशिक्षकसँग कुरा नमिलेपछि उनलाई टिमबाट हटाइएको हो ।ओनानाले आफ्नो खेल्ने शैली परिवर्तन गर्न नचाहेपछि उनलाई हटाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सर्बियाविरुद्ध खेल्न नपाएपछि ओनानाले मुख्य प्रशिक्षको निर्णय आउनु अगाडी नै प्रशिक्षण छाडेर स्वदेश फिर्किएको समाचार बाहिरिएको थियो ।