चैत्र ६, २०८२ शुक्रबार | ०५:३३:०२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

आहारारा गोल्डकप अब आहारारा पोखरा गोल्डकप

काठमाडौं । आहारारा गोल्डकपका लागि हिमश्री फुड्सले आयोजक सहारा क्लबसँग थप १० वर्षका लागि मंगलबार प्रायोजन सम्झौता गरेसँगै प्रतियोगिताको नाम आहारारा पोखरा गोल्डकप हुने भएको छ ।

आहारारा चाउचाउको उत्पदक हिमश्री फुड्सको प्रायोजनमा प्रतियोगिता पछिल्लो २० वर्ष निरन्तर रुपमा भएको थियो । पछिल्लो पटक क्लब र हिमश्री फुड्सबीच गरिएको १० वर्षे सम्झौताको समय सकिएपछि आगामी १० वर्षका लागि मंगलबार नयाँ सम्झौता गरिएको थियो ।

हिमश्री फुड्सले २०५९ सालमा पहिलो पटक १० वर्षे सम्झौता गरेको थियो । पहिलो सम्झौताको अवधि सकिएपछि २०६९ सालमा फेरि अर्को १० वर्षे सम्झौता गरिएको थियो । त्यो सम्झौता पनि सकिएपछि केही नयाँ प्रावधानहरुका साथ २०८८ सालसम्मका लागि नयाँ सम्झौता गरिएको क्लबले जनाएको छ ।

मंगलबार नयाँ सम्झौता गरिएसँगै आहारारा गोल्डकपका लागि सहारा क्लब र हिमश्री फुड्सबीचको सहकार्य ३० वर्ष लम्बिने पक्का भएको छ । नेपाली फुटबलको इतिहासमै दुई संस्थाबीच भएको यो सबभन्दा लामो सहकार्य हो । पहिलो संस्करण २०५८ सालमा क्याराभान गोल्डकपका नाममा भएको थियो ।

प्रत्येक वर्ष पोखरा रंगशालामा हुँदै आएको प्रतियोगितामार्फत सुन्दर नगरको पर्यटन प्रवर्धनमा समेत सहयोग पुर्याउनुका साथै सहरको अपनत्व झल्किाउनका लागि नाम आहारारा पोखरा गोल्डकप बनाइएको क्लबले जनाएको छ ।

मंगलबारको सम्झौताअनुसार हिमश्री फुड्सले आयोजक सहारा क्लबलाई प्रति वर्ष पहिलो तीन वर्ष १८ लाख, त्यसपछिको तीन वर्ष २१ लाख, तथा त्यसपछिको तीन वर्ष २४ लाख रुपैयाँका दरले तथा सझौताको अन्तिम वर्ष २०८८ सालमा २७ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

यसैगरी प्रतियोगिताको व्यवस्थापकीय प्रयोजनका लागि प्रत्येक वर्ष थप रकम पनि दिने सम्झौतामा उल्लेख छ । जसअनुसार पहिलो तीन वर्ष हिमश्री फुड्सले सहारालाई प्रत्येक वर्ष चार लाख ५० हजार रुपैयाँका दरले उपलब्ध गराउनेछ भने त्यसपछिको तीन वर्ष पाँच लाख ५० हजारका दरले दिनेछ । यसैगरी तेस्रो तीन वर्ष वार्षिक ६ लाख २५ हजारका दरले दिइनेछ भने अन्तिम वर्ष सात लाख रुपैयाँ दिइने सम्झौतामा उल्लेख छ ।


आन्तरीक तथा बाह्य पर्यटन प्रवर्धनमा अभिवृद्धि गरि पोखरालाई खेलकुदको सहरका रुपमा परिचित गराउने आहारारा गोल्डकप नेपालको फुटबल इतिहासमा सबैभन्दा चर्चित नकआउट प्रतियोगिता हो । आहारारा गोल्डकप २१ वर्षसम्म निरन्तर नबिराई भएको नेपाली फुटबलमा एकमात्र प्रतियोगिता हो ।

आयोजक सहारा क्लबले प्रतियोगिताबाट बचेको रकमबाट कठिन परिस्थिति र विपन्न बर्गका प्रशिक्षार्थीहरु सम्मिलित स्व.सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीको सहयोगार्थ केसी परिवारले क्लबलाई वार्षिक १५ लाख रुपैयाँका दरले १० बर्ष सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । त्यसअनुरुप केसी परिवारले क्लबलाई २० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो