पुस २५, २०८२ शनिबार | ००:१३:५९
अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

आहारारा गोल्डकप अब आहारारा पोखरा गोल्डकप

काठमाडौं । आहारारा गोल्डकपका लागि हिमश्री फुड्सले आयोजक सहारा क्लबसँग थप १० वर्षका लागि मंगलबार प्रायोजन सम्झौता गरेसँगै प्रतियोगिताको नाम आहारारा पोखरा गोल्डकप हुने भएको छ ।

आहारारा चाउचाउको उत्पदक हिमश्री फुड्सको प्रायोजनमा प्रतियोगिता पछिल्लो २० वर्ष निरन्तर रुपमा भएको थियो । पछिल्लो पटक क्लब र हिमश्री फुड्सबीच गरिएको १० वर्षे सम्झौताको समय सकिएपछि आगामी १० वर्षका लागि मंगलबार नयाँ सम्झौता गरिएको थियो ।

हिमश्री फुड्सले २०५९ सालमा पहिलो पटक १० वर्षे सम्झौता गरेको थियो । पहिलो सम्झौताको अवधि सकिएपछि २०६९ सालमा फेरि अर्को १० वर्षे सम्झौता गरिएको थियो । त्यो सम्झौता पनि सकिएपछि केही नयाँ प्रावधानहरुका साथ २०८८ सालसम्मका लागि नयाँ सम्झौता गरिएको क्लबले जनाएको छ ।

मंगलबार नयाँ सम्झौता गरिएसँगै आहारारा गोल्डकपका लागि सहारा क्लब र हिमश्री फुड्सबीचको सहकार्य ३० वर्ष लम्बिने पक्का भएको छ । नेपाली फुटबलको इतिहासमै दुई संस्थाबीच भएको यो सबभन्दा लामो सहकार्य हो । पहिलो संस्करण २०५८ सालमा क्याराभान गोल्डकपका नाममा भएको थियो ।

प्रत्येक वर्ष पोखरा रंगशालामा हुँदै आएको प्रतियोगितामार्फत सुन्दर नगरको पर्यटन प्रवर्धनमा समेत सहयोग पुर्याउनुका साथै सहरको अपनत्व झल्किाउनका लागि नाम आहारारा पोखरा गोल्डकप बनाइएको क्लबले जनाएको छ ।

मंगलबारको सम्झौताअनुसार हिमश्री फुड्सले आयोजक सहारा क्लबलाई प्रति वर्ष पहिलो तीन वर्ष १८ लाख, त्यसपछिको तीन वर्ष २१ लाख, तथा त्यसपछिको तीन वर्ष २४ लाख रुपैयाँका दरले तथा सझौताको अन्तिम वर्ष २०८८ सालमा २७ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

यसैगरी प्रतियोगिताको व्यवस्थापकीय प्रयोजनका लागि प्रत्येक वर्ष थप रकम पनि दिने सम्झौतामा उल्लेख छ । जसअनुसार पहिलो तीन वर्ष हिमश्री फुड्सले सहारालाई प्रत्येक वर्ष चार लाख ५० हजार रुपैयाँका दरले उपलब्ध गराउनेछ भने त्यसपछिको तीन वर्ष पाँच लाख ५० हजारका दरले दिनेछ । यसैगरी तेस्रो तीन वर्ष वार्षिक ६ लाख २५ हजारका दरले दिइनेछ भने अन्तिम वर्ष सात लाख रुपैयाँ दिइने सम्झौतामा उल्लेख छ ।


आन्तरीक तथा बाह्य पर्यटन प्रवर्धनमा अभिवृद्धि गरि पोखरालाई खेलकुदको सहरका रुपमा परिचित गराउने आहारारा गोल्डकप नेपालको फुटबल इतिहासमा सबैभन्दा चर्चित नकआउट प्रतियोगिता हो । आहारारा गोल्डकप २१ वर्षसम्म निरन्तर नबिराई भएको नेपाली फुटबलमा एकमात्र प्रतियोगिता हो ।

आयोजक सहारा क्लबले प्रतियोगिताबाट बचेको रकमबाट कठिन परिस्थिति र विपन्न बर्गका प्रशिक्षार्थीहरु सम्मिलित स्व.सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीको सहयोगार्थ केसी परिवारले क्लबलाई वार्षिक १५ लाख रुपैयाँका दरले १० बर्ष सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । त्यसअनुरुप केसी परिवारले क्लबलाई २० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||