अर्जेन्टिना

दोस्रो हाफमा गरेको गल्ती महंगो बन्योः मार्टिनेज

दोहा । अर्जेन्टिनाका लौटारो मार्टिनेजले आफ्नै गल्ती महंगो साबित हुँदा  साउदी अरेबियासँगको अप्रत्यासित हार व्यहोर्नु परेको बताएका छन् ।

समूह सी को पहिलो खेलमा साउदी अरेबियासँग अर्जेन्टिना २-१ ले स्तब्ध भएको थियो ।

पहिलो हाफमा लियोनल मेसीको पेनाल्टी गोलमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफको सुरुआती पाँच मिनेटमा दुई गोल खाएको थियो ।

सन् १९९० को विश्वकपको पहिलो खेलमा क्यामरुनसँग निराश भएपछि अर्जेन्टिनाले विश्वकपको पहिलो हारेको यो पहिलो पटक हो ।
अर्जेन्टिनाले गरेको एक गोल भिएआरले अफसाइड भएको भन्दै मान्यता दिएको थिएन ।

मार्टिनेजले साउदी अरेबियासँगको हारले निराश भए पनि मेक्सिको रु पोल्यान्डसँग हुने आगामी दुई खेलमा सुखद नतिजासहित अघिल्लो चरणमा प्रवेश गर्नेमा केन्द्रित हुनु पर्ने बताए ।

‘दोस्रो हाफमा हामीले गल्ती गर्दा अग्रता लिए पनि हामी नतिजा सुम्पिन बाध्य भयौ’, मार्टिनेजले भने,'हामीले अब मेक्सिको र पाल्यान्डविरुद्ध कसरी सुखद नतिजा ल्याउँदै समूह चरण पार गर्ने हो भन्नेमा केन्द्रित हुनुपर्छ ।'

अर्जेन्टिनाले समूहको दोस्रो खेलमा आइतबार मेक्सिकोको सामना गर्दैछ ।