डेनमार्क

डेनमार्क र ट्युनिसियाले अंक बाँडे

दोहा । दुई पटक अग्रता लिए पनि दुवै पटक अफसाइड भएपछि डेनमार्क कतार विश्वकप २०२२ को पहिलो खेलमा अफ्रिकन राष्ट्र ट्युनिसियासँग मंगलबार समुह डी मा गोलरहित बराबरीमा रोकिएको छ । 

डेनमार्क र ट्युनिसियाले विश्वकपमा आमने सामने भएको यो पहिलो पटक हो । डेनमार्क र ट्युनिसिया सन् २००२ को विश्वकपअघि मैत्रीपूर्ण खेलमा आमने सामने भएका थिए । जहाँ डेनमार्कले खेल जितेको थियो । यी दुई टोली २० वर्षपछि पहिलो पटक आमने सामने भएका हुन् ।

डेनमार्कले विश्वकपमा अहिलेसम्म अफ्रिकी राष्ट्रसँग अहिलेसम्म अपराजित रहेको छ । जुन यात्रा मंगलबार पनि डेनमार्कले कायम राख्यो  । यस क्रममा डेनमार्कले अफ्रिकी राष्ट्रविरुद्ध चार खेलमा दुई जित र दुई बराबरी गरेको थियो ।

जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो । 

समूह डी मा आज राती हुने खेलमा साविकको विजेता फ्रान्सले अस्ट्रेलियाको सामना गर्नेछ ।

मंगलबार सम्पन्न समूह सी को पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले स्तब्ध भएको थियो ।