चैत्र १३, २०८२ शुक्रबार | ०१:३१:४६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

साउदी अरेबियासँग अर्जेन्टिना स्तब्ध

दोहा । पाँच मिनेटको अन्तरमा दुई गोल गरेसँगै एसियाली राष्ट्र साउदी अरेबियाले उत्कृष्ट पुनरागमनमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको छ ।

पहिलो हाफमा १-० ले पछि परेको साउदी अरेबिया दोस्रो हाफ सुरु भएको चार मिनेटपछि नै खेलमा फर्किएको थियो । 

४९औं मिनेटमा साहेल अल सेहेरीले गरेको गोलमा साउदी अरेबिया खेलमा फर्किएको थियो । 

त्यसको पाँच मिनेट पछि सलिम अल दस्वारीले गरेको गोलमा साउदी अरेबियाले अग्रता लिएको थियो । 

यससँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । सन् २०१९ मा कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना अपराजित रहँदै आएको थियो ।

साउदी अरेबिया र अर्जेन्टिना विश्वकपमा पहिलो पटक आमने सामने भएका थिए । जहाँ साउदी अरेबियाले बाजी मारेको हो । यससँगै समूह सी मा सुखद सुरुआत गर्ने दुई पटकको विश्वविजेता अर्जेन्टिना लक्ष्यले पूर्णता पाएन ।

यसअघि पहिलो हाफमा कप्तान लियोनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियोे ।१०औं मिनेटमा अर्जेन्टिनाले मेसीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । आठौं मिनेटमा साउदीका रक्षक अल बुसायाहीले पाराडेजलाई बक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।

२८औं मिनेटमा लौटारो मार्टिनेज अर्जेन्टिनाले दोस्रो गोल गरेको थियो । तर, भिडियो सहयाक रेफ्रि (भिएआर) ले अफसाइड भएको भन्दै मार्टिनेजको गोललाई मान्यता दिएन । 

समूह सी आज हुने अर्को खेलमा पोल्यान्डले मेक्सिकोको सामना गर्नेछ  ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो