माघ १९, २०८२ सोमबार | ०२:५५:०३
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

साउदी अरेबियासँग अर्जेन्टिना स्तब्ध

दोहा । पाँच मिनेटको अन्तरमा दुई गोल गरेसँगै एसियाली राष्ट्र साउदी अरेबियाले उत्कृष्ट पुनरागमनमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको छ ।

पहिलो हाफमा १-० ले पछि परेको साउदी अरेबिया दोस्रो हाफ सुरु भएको चार मिनेटपछि नै खेलमा फर्किएको थियो । 

४९औं मिनेटमा साहेल अल सेहेरीले गरेको गोलमा साउदी अरेबिया खेलमा फर्किएको थियो । 

त्यसको पाँच मिनेट पछि सलिम अल दस्वारीले गरेको गोलमा साउदी अरेबियाले अग्रता लिएको थियो । 

यससँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । सन् २०१९ मा कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना अपराजित रहँदै आएको थियो ।

साउदी अरेबिया र अर्जेन्टिना विश्वकपमा पहिलो पटक आमने सामने भएका थिए । जहाँ साउदी अरेबियाले बाजी मारेको हो । यससँगै समूह सी मा सुखद सुरुआत गर्ने दुई पटकको विश्वविजेता अर्जेन्टिना लक्ष्यले पूर्णता पाएन ।

यसअघि पहिलो हाफमा कप्तान लियोनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियोे ।१०औं मिनेटमा अर्जेन्टिनाले मेसीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । आठौं मिनेटमा साउदीका रक्षक अल बुसायाहीले पाराडेजलाई बक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।

२८औं मिनेटमा लौटारो मार्टिनेज अर्जेन्टिनाले दोस्रो गोल गरेको थियो । तर, भिडियो सहयाक रेफ्रि (भिएआर) ले अफसाइड भएको भन्दै मार्टिनेजको गोललाई मान्यता दिएन । 

समूह सी आज हुने अर्को खेलमा पोल्यान्डले मेक्सिकोको सामना गर्नेछ  ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।