राष्ट्रिय भलिबल प्रतियोगिता

राष्ट्रिय भलिबल प्रतियोगिताः पुलिस फाइनलमा

फाइल फोटो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३-० को सोझो सेटमा जित निकाल्दै अर्को विभागीय टोली नेपाल पुलिस क्लब सुर्खेतमा जारी ३४ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

वीरेन्द्रनगरस्थित खुल्लामंचको कोर्टमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिस २-२१,२५-२३, २५-१९ ले विजयी भयाे । 

पुलिस समूह ‘ए’ को उपविजेता तथा आर्मी‘बी’ को सेमिफाइनलमा प्रवेश गरेका थिए ।

पुलिसले उपाधिका लागि अर्को विभागीय टोली नेपाल एपिएफ क्लबको समाना गर्नेछ । एपिएफले गण्डकी प्रदेशलाई २५-२३, २५-२०, २५-१५ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।