सन्दीप लामिछाने

सन्दीपलाई आठ वर्षको कैद सजाय

फाइल फोटो

काठमाडाैं । बलात्कार मुद्दामा दोषी ठहरिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालले आठ वर्षको कैद सजाय सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति तिनुपर्ने आदेश पनि दिएकाे  छ । यसैगरी सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

अदालतबाट पुस १३ गते दोषी ठहरिएका सन्दीपलाई सजाय तोक्नका लागि बुधबारलाई पेसी तोकिएको थियो। ढकालकै इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।

सन्दीपले पीडित किशाेरीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएको र जबरजस्ती करणी गरेको ठहर छ । गत वर्षको भदौ २१ मा सन्दीपविरुद्ध बलात्कारको उजुरी परेको थियो । उजुरीपछि असोज २० मा सन्दीप पक्राउ परेका थिए ।

जाहेरीअनुसार सन्दीपले ती किशोरीलाई भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेका थिए ।